नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।
इण्डियन आयल कर्पोरेसनबाट बुधबार मूल्य घटेर आएपछि नेपाल आयल निगमले बिहीबारदेखि लागू हुने गरी मूल्य समायोजन गरेको हो ।
यससँगै अब पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १ सय ६७ रुपैयाँ ५० पैसा, दोस्रोमा १ सय ६९ रुपैयाँ र तेस्रोमा १७० रुपैयाँ पर्ने भएको छ ।
त्यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर पहिलो वर्गमा १ सय ५५ रुपैयाँ ५०पैसा , दोस्रोमा १ सय ५७ र तेस्रोमा १ सय ५८ रुपैयाँ भएको छ ।
जसअनुसार पेट्रोलमा प्रति लिटर १ रुपैयाँ तथा डिजेल र मट्टितेलमा २ रुपैयाँले मूल्य घटेको छ । हवाई इन्धन र एलपी ग्याँसको मूल्य बढेर आएपनि हाललाई यथावत राखिएको निगमले जनाएको छ ।

