काठमाडौँ। नेपाली बजारमा सुनको मूल्यले आज नयाँ रेकर्ड बनाएको छ ।
सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले बढेर अहिले सम्मकै उच्च एक लाख ५३ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।मंगलबार सुनको मूल्य १ लाख ५२ हजार २ सय रहेको थियो ।
यस्तै, आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेर १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी तोलाको एक हजार आठ सय २० रुपैयाँ रहेको थियो ।
