राष्ट्रपति रामचनद्र पौडेलद्वारा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी (टीआरसी) विधेयक प्रमाणीकरण भएको छ ।
संघिय संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएकोआएको उक्त विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम आज बिहीबार प्रमाणीकरण गरिएको हो।
गएको साउन ३० गते प्रतिनिधिसभाबाट पारित भएको विधेयक भदौ ६ गते राष्ट्रियसभाबाट पारित भएको थियो । राष्ट्रपतिले यो विधेयक प्रमाणीकरण गरेसँगै नेपालको शान्ति प्रक्रिया टुङ्गाेमा पुग्ने विश्वासका साथ महत्वपूर्ण दृष्टिकोणबाट हेरिएको छ ।

