एन्फा महिला लिग फुटबलमा आज दुई खेल हुँदैछ। दुवै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।

दिउँसो सवा १२ बजे हुने पहिलो खेलमा संकटा एफसी र चन्द्रपुर नगरपालिकाबीच र अपराह्न सवा ४ बजे नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुने तालिका रहेको छ ।

पहिलो राउन्डको खेलमा संकटालाई त्रिभुवन आर्मी फुटबल क्लबले पराजित गरेको थियो । चन्द्रपुर भने कर्णाली प्रदेशसँग बराबरीमा रोकिएको थियो । दुवै टोली पहिलो जितको खोजीमा मैदान उत्रदै छन् ।

पहिलो चरणमा नेपाल एपिएफ क्लबसँग पुलिस बराबरीमा रोकिदा सुदरपश्चिम बागमती युथ क्लबसँग पराजित भएको थियो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना सुरु भएको लिगमा १० टोलीको सहभागिता रहेको छ। पहिलो चरणमा सबै टोलीले एकअर्काको सामना गर्नेछ ।

यसअघि बिहीबार सम्पन्न खेलमा वालिङ नगरपालिकाले कर्णाली प्रदेशविरुद्ध ४-० गोलको फराकिलो जित निकालेको थियो। त्यसैगरी कोशी प्रदेशले बागमती युवा क्लबविरुद्ध २-१ को जित हासिल गरेको थियो । महिला लिग फुटबलमा दोस्रो चरणका खेल जारी छन्।