प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किँदै छन्। संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिएर प्रधानमन्त्री ओली आज स्वदेश फर्कने भएका हुन्। 

ओली अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम छ। यसका लागि ओली हिजो कतारको दोहा प्रस्थान गरेका थिए। 

संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै यहि असोज ४ गते न्युयोर्क गएका थिए। न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले विभिन्न देशका नेताहरूसँग साइडलाइन वार्तासमेत गरेका थिए।

अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसंघीय मुख्यालयमा भएको महासभाका कार्यक्रम सम्पन्न गरी उनी हार्वड विश्वविद्यालयको कार्यक्रमका लागि शुक्रबार बोस्टन पुगेका थिए।