द हङकङ सुपर सिक्सेस प्रतियोगिताको क्वाटरफाइनलमा नेपालले आज श्रीलंकाको सामना गर्ने भएको छ। नेपाली टोलीले सेमिफाइनल प्रवेशका लागि नेपाली समय अनुसार आज दिउँसो १:३५ बजे खेल्दैछ । नेपाल समूह ‘बी’ बाट विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो। 

समूह ‘बी’ मा नेपालले इङ्ग्ल्याण्ड र अस्ट्रेलियालाई पराजित गरेर शीर्ष स्थानमा रहेको छ। शुक्रबार इङ्ग्ल्याण्डलाई ६ विकेटले हराएको नेपालले शनिवार अस्ट्रेलियालाई ११ रनले पराजित गरेको थियो।

क्वाटरफाइनलमा ‘बी’ २ टोलीले ‘डी’ १ टोलीसँग खेल्ने प्रतियोगिता नियमावलीमा उल्लेख छ। समूह ‘बी’ को सुरुवाती सिडिङमा ‘बी’ २ मा इङ्ग्ल्याण्ड थियो। इङ्ग्ल्याण्ड क्वाटरफाइनल पुग्न असफल भएपछि नेपालले ‘बी’ २ को स्थान लिएको थियो।

‘डी’ १ मा भने श्रीलंका रहेको थियो । त्यसैले समूह बी को विजेता भए पनि नेपाल श्रीलंकाले खेल्नुपर्ने भएको हो। श्रीलंका समूह ‘डी’ को विजेताका रुपमा क्वाटरफाइनलमा पुगेको हो।