राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नसरेको जानकारी दिएकाे छ। बोर्डले विज्ञप्ति जारी गर्दै शिक्षकहरूको आन्दोलनका कारण परीक्षा नसरेको स्पष्ट पारेकाे हाे।
सामाजिक सञ्जालमा परीक्षा सरेकाे भन्ने भ्रामक सूचना आएपछि बोर्ड विज्ञप्ति नै जारी गरेकाे हाे। ‘यही २०८२ साल वैशाख ११ गतेवाट संचालन हुने गरी तय भएको कक्षा १२ को वार्षिक परीक्षाका सम्बन्धमा विद्यार्थीवर्गमा भ्रम सिर्जना हुने गरी परीक्षा स्थगित गरिएको भ्रामक सूचना विभिन्न सामाजिक संजालमा संप्रेषण गरिएको प्रति बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ।
बोर्डले परीक्षाको वातावरण बनाउन सबैमा अनुरोधसमेत गरेको छ । साथै परीक्षा सञ्चालनका लागि समन्वय र सहकार्य गर्न शिक्षक, अभिभावक एवम् प्रधानाध्यापकलाई बोर्डले अपील गरेको छ ।

