सागर डिस्टिलरीको आईपीओमा साढे २३ लाख लगानीकर्ताले आवेदन भरेका छन्। कम्पनीले सर्वसाधारणका लागि ११ लाख ९० हजार ६ सय ४० कित्ता शेयर आवेदन दिन मिल्ने गरी खुलेको आईपीओमा २३ लाख ५२ हजार ४ सय ९३ जनाले २ करोड ६५ लाख १ हजार १ सय ५० कित्ताको लागि आवेदन दिएका छन्।

सगरको आईपीओमा माग भन्दा २२.२५ गुणा बढी आवेदन परेको छ। कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *