इंग्लिस प्रिमियर लिगमा आर्सनल र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन्। गएराति भएको खेलमा आर्सनल र म्यानचेस्टर सिटीले १–१ गोलको बराबरी खेलेका हुन्।
इमिरेट्स स्टेडियममा भएको प्रिमियर लिग खेलमा सिटीले खेलको नवौं मिनेटमै अग्रता लिएको थियो। एर्लिङ हालान्ड सिटीका लागि गोल गरेका हुन्। तिज्जानी रेजेन्डर्सको सहकार्यमा काउन्टर अट्याकमा हालान्डले गोल गरे।
दोस्रो हाफमा आर्सनलले बुकायो साका र एबेरेची एजेलाई मैदानमा उतारे पनि तत्काल खेलको लय बदल्न सकेन। तर इन्ज्युरी समयको तेस्रो मिनेटमा एजेले डिफेन्स माथिबाट फालेको पासलाई मार्टिनेलीले बराबरी गोल गर्दै टोलीलाई हारबाट जोगाए।
बराबरीपछि १० अंका साथ आर्सनल दोस्रो स्थानमा पुगेको छ। शीर्षस्थानमा रहेको साविक विजेता लिभरपुलभन्दा ५ अंकले पछि छ। ७ अंकसहित सिटी नवौँ स्थानमा छ।
