एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट दक्षिण अफ्रिकाका विकेटकिपर ब्याटर क्विन्टन डी ककले सन्न्यासको घोषणा फिर्ता लिएका छन्। सन् २०२३ को एकदिवसीय विश्वकपपछि क्विन्टन डी ककले ५० ओभरको क्रिकेटबाट सन्यास लिएका थिए।

३२ वर्षीय डी कक पाकिस्तान भ्रमणका साथै नामिबियामा हुने एकमात्र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटका लागि टोलीमा समावेश भएका छन्।

डी ककले १ सय ५५ एकदिवसीयमा २१ शतक र ३० अर्धशतकसहित ६ हजार २ सय ६८ रन बनाएका छन् भने टी–२० मा १ शतक र १६ अर्धशतकसहित २ हजार ५ सय ८४ रन बनाएका छन्। टी–२० फर्म्याटमा पछिल्लो पटक सन् २०२४ मा बार्बाडोसमा भएको विश्वकप फाइनल खेलेका थिए। यद्दपि उनले आधिकारिक रूपमा टी–२० क्रिकेटबाट सन्न्यास लिएका थिएनन्।