नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले तेस्रो जित निकालेको छ। टियु क्रिकेट रंगशालामा सोमबार सुदूरपश्चिमले कर्णाली याक्सलाई ४५ रनले पराजित गरेको हो।

सुदूरपश्चिमले दिएको १४० रनको लक्ष्य पछ्याएको कर्णालीले १९.२ ओभरमा सबै विकेट गुमाएर ९४ रन बनायो। कर्णालीका लागि पवन सर्राफ २७, मार्क वाट १७, कप्तान सोमपाल कामी १४, गुलशन झा र अर्जुन घर्तीले समान १३/ १३, विलियम वसिस्टो ३, नन्दन यादव १, नाजिबुल्लाह जार्दन १,  प्रियन्क पान्चल, युवराज खत्री शून्यमा पेभेलियन फर्किए। सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४ विकेट लिए। त्यस्तै हर्मित सिंह र अविनाश बोहोराले २-२, हेमन्त धामी र स्कट कुग्गेलेइजनले समान १-१ विकेट लिए।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले ९ विकेट गुमाएर १३९ रन बनाएको थियो । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३९ रन बनाए । आरिफ शेख २७, हर्मित सिंह १९, क्रिश ली १८, विनोद भण्डारी ११, स्कट कुग्गेलेइजन १०, इसान पाण्डे २ रन बनाएर आउट भए। जोश ब्रोन र नरेन साउदले खाता खोल्न सकेनन्। कर्णालीका लागि कप्तान सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए। त्यस्तै नन्दन यादवले २, मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले १-१ विकेट लिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *