सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै राजनीतिक दल चुनावका लागि तयार भइसकेको बताएका छन्।
मन्त्रिपरिषद् बैठकमा निर्णय सार्वजनिक गर्ने क्रममा निर्वाचन आयोगमा नेकपा एमालेले पनि दल दर्ताका लागि निवेदन दिएको र अब चुनाव हुँदैन कि भन्ने आशङ्का गर्ने ठाउँ नरहेको सञ्चारमन्त्री खरेलले बताए।
उनले चुनावका लागि राजनीतिक दलहरूको तर्फबाट वातावरण बनिसकेको र सरकार पनि आवश्यक सुरक्षा योजना बनाएर कार्यान्वयन गर्नेतर्फ केन्द्रित भएको बताए।
यस्तै मन्त्री खरेलले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनको मर्म र भावना अनुसार आफूलाई अघि बढाएको दाबी समेत गरे।
