आज सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ। लगातार उकालो लागेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
यसअघि गत बुधबार पनि सुनको मूल्य हालसम्मकै उच्च तहमा पुगेको थियो। उक्त दिन सुन प्रतितोला दुई लाख ६८ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।
आज सुन तोलामा दुई हजार एक सय रुपैयाँले बढेर दुई लाख ६९ हजार तीन सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यस्तै आज चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च भएको छ। आज चाँदी एक सय ६५ रुपैयाँले बढेर तोलाको चार हजार पाँच सय ६५ रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ। हिजो चाँदीको भाउ तोलाको चार हजार चार सय रुपैयाँ थियो।
