राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच सात बुँदे सहमति भएको छ। सोमबार काठमाडौंमा रास्वपा सभापति रवि लामिछाने र उज्यालो नेपालका संरक्षक कुलमान घिसिङबीच भएको छलफलपछि सात बुँदे सहमति भएको हो।

सहमति अनुसार, कुलमानलाई रास्वपाको उपसभापति बनाइने भएको छ। त्यस्तै, सहमतिपत्रमा उनेपाका अध्यक्ष अनुपकुमार उपाध्याय र रास्वपा सभापति लामिछानेबीच हस्ताक्षर भएको छ। जसमा काठमाडौंका मेयर बालेन शाह साक्षी राखिएको छ।

उनीहरूबिच आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सँगै जाने सहमति भएकाे जेनजी अभियन्ता सुदन गुरुङले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *