अमेरिकासँग आईसीसी वुमन्स च्यालेन्ज ट्रफीमा नेपाल पुनः पराजित भएको छ। रुवान्डामा भइरहेको प्रतियोगितामा आइतबार अमेरिकाले नेपाललाई ७ विकेटले पराजित गर्‍यो।

रुबि पोद्दारले नेपालको लागि पहिलो पटक अर्धशतक प्रहार गरेको खेलमा अन्य ब्याटरको ब्याटिङ प्रदर्शन निराशाजनक रहयो। नेपालको यो तेस्रो हार हो। अमेरिकाको यो चौथो जित हो।

जितको लागि ८७ रनको सामान्य लक्ष्य अमेरिकाले ११.५ ओभरमा ३ विकेटको नोक्सानीमा पुरा गर्यो। ओपनर चेतना पागीडायला १ रनमा आउट भए पनि अर्की ओपनर सैनभी कामबालापाली २१ रम जोडिन्।

इशानी भागेलाले अविजित २९ रन बनाउँदै टोलीलाई सहज जिततर्फ डोर्याइन्। उनले २९ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरिन्।

पूजा गणेशले २० रन बनाउँदा गार्गी भोग्ले अविजित १२ रनमा रहिन्।‌ बलिङमा नेपालकी मनिषा उपाध्याय, पूजा महतो र इन्दु बर्माले समान १ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर मात्र ८६ रन बनायो। १२.१ ओभरमा सकिंदा नेपालले ४ विकेट गुमाएर २७ रन मात्र बनाएको थियो।

ओपनर सम्झना खड्का रोयल डक आउट हुँद विन्दु रावल ३ रनमा, पूजा महतो ८ रनमा र कविता जोशी १ रनमा आउट भए। यो दयनिय अवस्थालाई रुबि पोद्दारले सुधारिन्।

रुबिले नेपाली राष्ट्रिय टोलीको लागि पहिलो पटक अर्धशतक बनाइन्। उनले ५१ बल खेल्दै ५ चौका र १ छक्का सहित अविजित ५१ रन जोडिन्। जसको कारण नेपालले ८६ रन बनाउन सक्यो।

अन्य खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन्। इन्दु बर्मा र कविता कुँवर समान ८ रनमा आउट भए। टिमले ८६ रन जोड्दा रुबि एक्लैले ५१ रन जोडिन्। यो खेलमा पनि नेपाली खेलाडीको ब्याटिङ प्रदर्शन फितलो रह्यो। बलिङमा अमेरिकाकी माही माधभन रितु सिंहले समान २ विकेट लिए।

पाँचौ खेलमा नेपालको यो तेस्रो हार हो। दुई खेल जितेको नेपालसँग ४ अंक रहेको छ। नेपाल चौथो स्थानमा रहेको छ। अमेरिकासँग ८ अंक छ। अमेरिका अंक तालिकाको शीर्षस्थानमा रहेको छ। यसअघिको पहिलो खेलमा पनि नेपाल अमेरिकासँग हारेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *