आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको आजदेखि नेपाल, अमेरिका र स्कटल्याण्डबीचको त्रिकोणात्मक सिरिज सुरु हुँदैछ। घरेलु टोली नेपालले स्कटल्याण्डसँग खेल्दै सिरिजको सुरुवात गर्दैछ। नेपाल र स्कटल्याण्डबीचको खेल ९:३० बजे कीर्तिपुरस्थित टियु मैदानमा सुरु हुनेछ।
नेपालको अर्को प्रतिद्वन्द्वी अमेरिका रहेको छ। पछिल्ला पाँच खेल हेर्ने हो भने अमेरिकासँग नेपालको प्रदर्शन कमजोर छ। पछिल्ला चार ओडीआईमा नेपाललाई हराउने अमेरिका घरेलु टिमका लागि कठिन टिम हुन सक्छ। नेपालले मे १६ र २२ तारिखमा अमेरिकासँग खेल्नेछ।
