काठमाडौँ । टी-२० त्रिकोणात्मक सिरिजको फाइनलका लागि नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल आज बिहान साढे ११ बजे कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।
यसअघि समूह चरणको अन्तिम खेल अस्ति वर्षाका कारण पूरा हुन नसकेपछि नामिबिया र नेदरल्यान्ड्सले १-१ अङ्क बाँडेका थिए । सिरिजमा नेदरल्यान्ड्स ४ खेलमा ५ अङ्कसहित फाइनलमा पुगेको हो । त्यस्तै नेपालले ४ खेलमा २ जितसहित ४ अंक हासिल गर्दै दोस्रो स्थानमा रहदै फाइनल खेल्ने भएको हो ।
