काठमाडौं । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरीलाई अस्वीकार गरेको छ। गत पुस २७ गते कैलालीको टीकापुरमा पार्टी महाधिवेशन गरेर अध्यक्षमा रेशमलाई चयन गरेको थियो। महाधिवेशनको निर्णयअनुसार केन्द्रीय समिति अद्यावधिक गर्न आयोगमा पठाएको थियो।
बिहीबार आयोगले निर्णय गरी पुरानै अध्यक्ष रञ्जिता श्रेष्ठलाई नै कायम गर्ने निर्णय गरेको आयोगको स्रोतले जानकारी दिएको छ । कार्यसमितिअध्यावधिक गराउन निवेदन आएको थियो । त्यसमा राजनीतिक दल सम्बन्धी ऐन अनुसार अयोग्य पाइएको हुँदा अध्यावधिक नगर्ने र पुरानै कामय गर्ने निर्णय भएको हो ।
आयोगले महाधिवेशनबाट रेशम नेतृत्वमा चयन कार्यसमितिलाई स्वीकार नगरेकाले रञ्जीता श्रेष्ठ चौधरी नेतृत्वको पूरानै कार्यसमितिलाई निरन्तरता दिएको छ ।
विवरण अद्यावधिक गराउन निवेदन दिएसँगै त्यसविरूद्ध दुई वटा उजुरी परेका थियो। त्यस उजुरीपछि आयोगले रेशम चौधरी र नाउपासँग कर्तव्य ज्यान कसुरमा दोषी भएर र राष्ट्रपतिबाट आम माफी पाएका व्यक्तिलाइ कसुर नै नगरेको भन्न मिल्छ भनेर समेत प्रश्न सोधेको स्रोतले जानकारी दिएको छ ।
