काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जन्म दर्ताको प्रमाणपत्रमा राष्ट्रिय परिचय नम्बर सहित जारी गर्ने भएकाे छ । १६ वर्षभन्दा कम उमेरकाले जन्मदर्ताको प्रमाणपत्र बनाउँदा राष्ट्रिय परिचय नम्बर सहितकाे जन्मदर्ताकाे प्रमाणपत्र पाउने भएका हुन् ।

विभागको परिपत्र अनुसार नेपाली नागरिकका १६ वर्ष भन्दा कम उमेरका सन्तानको जन्म दर्ताको बखत राष्ट्रिय परिचय नम्बर सहितकाे जन्म दर्ताकाे प्रमाणपत्र जारी गर्ने व्यवस्था गर्न र गराउन निर्देशन गरेकाे छ ।

यसैगरी, कुनै प्राविधिक कारणले जन्म दर्ता गर्दा राष्ट्रिय परिचय नम्बर प्राप्त हुन नसकेमा विभागमा सम्पर्क गरी राष्ट्रिय परिचय नम्बर पाएपछि मात्र प्रमाणपत्र जारी गर्ने व्यवस्था गर्न विभागले निर्देशन दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *