काठमाण्डाै – शेयर बजारमा आज सामान्य गिरावट आएको छ । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव ८७ अङ्कले घटेर दुई हजार दशमलव ७७ विन्दुमा झरेको छ ।

आज बीमा र विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लाग्नुका साथै होटल तथा पर्यटन, लगानी, उत्पादन तथा प्रशोधन, म्युचल फन्ड, अन्य र व्यापारबाहेक सबै समूहको शेयर घटेको छ । आज साम्लिङ पावर कम्पनीको शेयर छ प्रतिशतभन्दा धेरैले घटेको छ ।

समग्रमा बजार घटेको दिन आज विशाल बजार कम्पनी, बोटलर्स नेपाल (बालाजु), बोटलर्स नेपाल (तराई), वीपीडब्ल्यू लघुवित्तको शेयरमा भने सकारात्मक सर्किट लागेको छ ।

सामान्य बजार घटेकाे दिन ५१ लाख १५ हजार कित्ता शेयर दुई अर्ब तीन करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको १२ करोड ६९ लाख रुपैयाँको शेयर किनबेच भयो ।