काठमाण्डौ – सत्ता गठबन्धन फेरिएपछि शेयर बजारमा आज शेयर बजारमा दुई पटक सकरात्मक सर्किट ब्रेक लागेको छ । बिहान कारोबार शुरु भएको तीन मिनेटमै हिजोको दिनको तुलनामा ४ प्रतिशतले बढेपछि शेयर बजारमा पहिलो सर्किट लागेको थियो ।

सर्किट ब्रेक लागेको २० मिनेटपछि कारोबार शुरु भएको एक मिनेटमै फेरि ५ प्रतिशत बढेपछि दोस्रो सर्किट लागेको हो । अहिले ४० मिनेटका लागि सेयर कारोबार स्थगित भएको छ । दोस्रो सर्किटपछि  नेप्से परिसूचक ९८ दशमलव ६९ अङ्कले बढेर २०५९ अङ्कमा पुगेको छ ।