काठमाडौँ । बागमती प्रदेश सरकारले प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालय मार्फत करारमा विद्यालय नर्स “पाँचौँ तह” नियुक्तिका लागि ४५७ जना विज्ञापन खुला गरेको छ ।

स्वास्थ्य निर्देशनालयको “एक विद्यालय एक नर्स कार्यक्रम” अन्तर्गत सामुदायिक विद्यालयमा काम गर्ने गरी नर्स सेवा करारमा लिन लागेको हो । विद्यालय नर्स पाँचौँ तहको पदका लागी मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता अद्यावधिक भएका व्यक्तिले सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र आवेदन दिन सक्नेछन् ।

दर्खास्त फारम निर्देशनालयको वेबसाइटमा उपलब्ध रहेका विज्ञापनमा उल्लेख गरिएकाे छ । आवेदन आगामी चैत १४ गतेसम्म कार्यालय समय भित्र बुझाउन भनिएको छ ।

हेर्नुस् विज्ञापन :

Leave a Reply

Your email address will not be published. Required fields are marked *