काठमाडौँ । नवनियुक्त तीन प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतल निवासमा भएको एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त प्रदेश प्रमुखले शपथ लिएका हुन् ।

मन्त्रिपरिषदको सिफारिस अनुसार बुधवार राष्ट्रपति रामचन्द्र पौडेलले मधेसमा सुमित्रा भण्डारी, गण्डकीमा डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर मियाँलाई प्रदेश प्रमुख नियुक्त गरेका थिए ।

यसअघि मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मधेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, गण्डकीका पृथ्वीमान गुरुङ र सुदूरपश्चिमका देवराज जोशीलाई पदमुक्त गर्नुभएको थियो ।

नेपाल मुस्लिम इत्तेहाद संगठनका पूर्व अध्यक्षसमेत रहेका नजीर मियाँ, लोकतान्त्रिक गणतन्त्रको मुश्लीम समुदायबाट पहिलो प्रदेश प्रमुख भएका हुन्।