काठमाडाैँ – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भडहलमा आज भएको आठौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनशिपमा महिलातर्फ त्रिभुवन आर्मी क्लबले पहिलो जित हात पारेको छ ।
आर्मीले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा हराएको हो । महिलातर्फको अर्काे खेलमा नेपाल पुलिस क्लबले एभरेस्ट क्लबलाई ३–२ को सेटले हरायो । त्यस्तै, पुरुषतर्फ आज भएकाे खेलमा ढोरपाटन क्लबलाई ३–० को सेटमा हराउँदै हेल्प नेपाल क्लब क्वार्टरफाइनलमा पुगेको छ । अर्को खेलमा एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई ३–२ को सेटमा हरायो ।
यही चैत्र १० गतेसम्म हुने प्रतियोगितामा पुरुषतर्फका १३ र महिलातर्फका ७ वटा टोलीहरु रहेका छन् । प्रतियोगिताको विजेताले पाँच लाख, उपविजेताले दुई लाख र तेस्रो हुने टोलीले एक लाख २५ हजार रुपैयाँ पुरस्कार पाउनेछ ।
