काठमाडौँ । आठौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनशिपमा महिलातर्फ नेपाल पुलिस क्लब र एभरेस्ट क्लब फाइनलमा पुगेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भडहलमा विहिबार बिहान भएको पहिलो खेलमा पुलिसले सशस्त्र प्रहरी बलको एपीएफलाई ३–१ को सेटमा हरायो । पुलिसले एपीएफलाई पहिलो सेटमा २७–२५ र दोस्रोमा २५–२२ ले हरायो । तेस्रो सेटमा भने पुलिस एपीएफसँग २८–३० ले हार्दा चौथो सेटमा भने एपीएफ २५–१७ ले पराजित भयो।
अर्काे महिलातर्फ खेलमा भने एभरेस्टले न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा हरायो ।
यस्तै पुरुषतर्फको खेलमा नेपाल पुलिस क्लबले कोशी प्रदेशलाइ ३-० को सोझो सेटमा हराउदै सेमिफाइनलमा पुगेको छ भने अर्काे पुरुषतर्फ कै खेलमा सुदूरपश्चिम प्रदेशलाई ३–१ सेटमा हराउँदै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगेको छ ।
प्रतियोगिताको विजेताले पाँच लाख, उपविजेताले दुई लाख र तेस्रो हुने टोलीले एक लाख २५ हजार रुपैयाँ पाउनेछ ।
