काठमाडौँ । स्नातक तहका वार्षिक परीक्षा प्रणालीका सबै सङ्कायहरूमा त्रिभुवन विश्वविद्यालयले प्रश्नपत्रहरु अबदेखि अङ्ग्रेजी र नेपाली दुवै भाषामा पनि तयार गर्ने भएको छ । त्रिविका अनुसार आगामी प्रथम वर्षको परीक्षादेखि नै अनिवार्य रूपमा यो व्यवस्था लागू गरी क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षका परीक्षामा लागू गरिने भएको हो ।

विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको मिति २०८० साल चैत १५ गते बसेको बैठकले उक्त निर्णय गरेको विश्वविद्यालयको सूचना तथा जनसम्पर्क महाशाखाका अनुसार उल्लेख छ । विश्वविद्यालयले हालसम्म अङ्ग्रेजी भाषामा मात्रै प्रश्नपत्र तयार गर्ने गरेको र सम्बन्धित सरोकारवाला पक्षहरुबाट नेपाली भाषामा पनि पश्न सोध्नु पर्ने विषयमा समयसमयमा आग्रह भएकाले त्यसको सम्बोधनका लागी यो निर्णय गरिएको जनाएको छ ।

विद्यार्थीहरुले अङ्ग्रेजी भाषामा मात्र प्रश्न सोध्दा प्रश्नको वास्तविक भाब नबुझेकाले सही रूपमा उत्तर लेख्न नसकेको र त्यसले विद्यार्थीको नतिजामा असर पर्दै आएको गुनासो रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *