चैत्र १७ गते, काठमाडौँबाट गोरखा जाँदै गरेको ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका–५ कुरिनटारबाट त्रिशूली नदीमा ट्याक्सी खस्दा ५ जनाको मृत्यु भएको छ । मुग्लिन बजारबाट एक किलोमिटर नजिकै पर्ने सडकबाट ट्याक्सी  त्रिशूली नदीमा खसेको र ट्याक्सीमा रहेका ५ जनाको शव फेला परेको ट्राफिक प्रहरीले बताएको छ ।

आज बिहान सवा ७ बजेतिर बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेको हो । दुर्घटनामा दुईं पुरुष, दुईं महिला र एक बालिकाको शव फेला परेको तर पहिचान खुल्न भने हालसम्म नसकेको ट्राफिक प्रहरीले बताए ।  ट्याक्सी काठमाण्डौबाट गोरखा जाँदै गरेको बताइएको छ ।

अन्य विवरण आउनेक्रममा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *