काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको तर्फबाट आगामी वैशाख १५ गते हुने इलाम जिल्ला निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागी उम्मेदवारको औपचारिक घोषणा गरेको छ। रास्वपाले आज एक विज्ञप्ति जारी गर्दै पत्रकारितामा आबद्ध रहँदै आउनुभएका मिलन लिम्बूलाई उम्मेद्वाार बनाउने निर्णय गरेको जानकारी दिएको हो ।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का महासचिवसमेत रहनुभएका लिम्बूलाई पार्टीको विधानअनुसार प्रारम्भिक निर्वाचनका लागि उम्मेदवारहरुबीच छलफलपछि उम्मेदवार बनाउने निर्णय भएको थियो ।
इलाम नगरपालिका–७ लाकुरी चौतारामा आयोजित कार्यक्रममार्फत उनको उम्मेदवारी घोषणा गरिएको हो । उपप्रधान तथा गृहमन्त्री समेत रहेका पार्टी सभापति रवि लामिछानेसहितका शीर्ष नेताहरू पुगेर आयोजित कार्यक्रममा लिम्बूलाई उम्मेदवार घोषणा गरिएको हो । घोषणा कार्यक्रममा सभापति लामिछानेलाई लिम्बूलाई चुनाव चिन्ह घण्टी हस्तान्तरण गर्नका साथै उनीहरू दुवैले सँगै घण्टी पनि बजाए ।
पार्टी उपसभापति स्वर्णिम वाग्ले, युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, सांसद तोसिमा कार्की, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य रमेश प्रसाईं लगायत लिम्बुको पक्षमा माहोल बनाउन इलाम पुगेका थिए।
