काठमाडौँ । मुलुकको प्रमुख प्रशासनिक केन्द्रका रुपमा रहेको सिंहदरबारको प्रवेशलाई थप सहज र प्रविधिमैत्री बनाउन अब अनलाइनबाटै पास दिने व्यवस्था मिलाइएको गृह मन्त्रालयले जनाएको छ ।

काम विशेष सर्वसाधारणलाई सिंहदरबार प्रवेशमा थप सहज र प्रविधिमैत्री बनाउने उद्देश्यले परीक्षणका रुपमा आजदेखि ई–गेट पास प्रणाली सञ्चालनमा ल्याइने भएको हो ।

गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ई–गेट पासका लागि वेबसाइटमा क्युआर कोडसहितको पास अनुरोध गर्नुपर्ने छ । मन्त्रालयबाट अनुरोध स्वीकृति भइसकेपछि मात्रै ई–गेट पास जारी हुनेछ र सो पास साथमा लिएर सिंहदरबार प्रवेश गर्न सकिने मन्त्रालयले जनाएको छ ।

ई–गेट पासका लागि वेबसाइट ‘सिंहदरबार पास डट जिओभी डट एनपी’ गएर आवेदन दिएर प्राप्त गर्न सकिनेछ । परीक्षणपश्चात् सिंहदरबारभित्र रहेका सबै मन्त्रालय निकायका लागि ई–गेट पास प्रणाली प्रयोग हुने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *