काठमाडाैँ । पशुपति आर्यघाटमा सञ्चालनमा रहेको विद्युत् शवदाह साउन १ गतेदेखि निःशुल्क गरिने भएको छ ।

निम्न आय भएका गरिब व्यक्तिले आफ्ना आफन्त देहावसन हुँदा आर्थिक अभाव कै कारण दाहसंस्कार गर्न नसक्ने अवस्था नआओस् भनेर विद्युतीय शवदाह निःशुल्क गर्ने निर्णय गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले बताउनु भएको छ ।

थापाले सेतो सत्तल गुह्येश्वरीमा धार्मिक एवम् सांस्कृतिक अध्ययन अनुसन्धानका लागि अन्तर्राष्ट्रियस्तरको पुस्तकालय निर्माण गर्ने विषयमा समेत निर्णय भएको बताउनुभयो ।

पशुपतिनाथमा जलहरी राख्ने कार्यमा भ्रष्टाचार भएको भन्दै मुद्दा परेपछि निलम्बनमा परेका सदस्य सचिव थापाले हिजो विशेष अदालतबाट सफाइ पाएपछि फेरि कार्यभार ग्रहण गर्नुभएको छ । मंगलबार सदस्यसचिव डा. थापासहित डा. प्रदीप ढकाल र अरुणकुमार श्रेष्ठलाई सफाइ पाएका हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० असोज १४ गते उनीहरू तीनैजनाविरुद्ध मुद्दा दायर गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *