काठमाडौँ । नेपाल राष्ट्र बैंकले २०८१ साल वैशाख २१ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ ८६ पैसा रहेको छ।

युरो एकको खरिद दर १४२ रुपैयाँ ५९ पैसा र बिक्री दर १४३ रुपैयाँ २३ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ७१ पैसा र बिक्री दर १६७ रुपैयाँ ४६ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५४ पैसा र बिक्री दर ३६ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३६ पैसा निर्धारण भएको छ।

आजको लागि कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ८७ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ८२ पैसा निर्धारण भएको छ।

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ०२ पैसा निर्धारण भएको छ।