काठमाडाैँ । नेपाली बजारमा साताको अन्तिम कारोबार दिन आज सुनको भाउ घटेको छ । आज सुन तोलामा एक हजार एक सय रुपैयाँले घटेर १ लाख ३५ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ३४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन-चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो बिहीबार छापावाल सुन तोलाको १ लाख ३६ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ३५ हजार ८५० रुपैयाँमा कारोबार कारोबार भएको थियो । केही दिनयता सुनको भाउमा उतारचढाव भइरहेको छ । यसअघि वैशाख ७ गते सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ३९ हजार तीन सय रुपैयाँसम्म पुगेको थियो ।

त्यसै गरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा  १६ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि बिहीबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।