काठमाडाैँ । आईसीसी टी-२० विश्वकप क्रिकेटमा नेदरल्यान्ड्ससँगकाे खेलमा नेपालले टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे छ । अमेरिकाकाे डालासमा रहेकाे ग्राण्ड प्रेरी क्रिकेट मैदानमा नेदरल्यान्ड्सका कप्तानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन् ।

खेल राति सवा ९ बजे शुरु हुनुपर्ने भएतापनि मैदान चिसाे भएको कारणले नेपालले नेदरल्यान्ड्सबीचकाे खेल केहीबेर ढिला शुरु भएकाे हाे ।

टी-२० विश्वकप खेल्ने नेपाली टिममा रोहितकुमार पौडेल (कप्तान) आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा, सागर ढकाल र कमलसिंह ऐरी छन् ।

नेपाल रहेको समूह ‘डी’ मा दक्षिण अफ्रिका, श्रीलङ्का, नेदरल्यान्डस् र बङग्लादेश रहेका छन् । नेपालले समूह चरणको दोस्रो खेल जेठ २९ मा श्रीलङ्कासँग अमेरिकाकै फ्लोरिडामा खेल्नेछ। त्यस्तै जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा बङ्गलादेशसँग सेन्ट भिसेन्टमा खेल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *