काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज २०८१ साल जेठ ३० गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार बुधबार अमेरिकी डलर, कतारी रियाल र बेलायती पाउण्डको विनिमयदर बढ्दा युरो भने सामान्य घटेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४१ पैसा र बिक्री दर १३४ रुपैयाँ ०१ पैसा रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३ रुपैयाँ १९ पैसा र बिक्री दर १४३ रुपैयाँ ८३ पैसा रहेको छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १६९ रुपैयाँ ९६ पैसा र बिक्री दर १७० रुपैयाँ ७३ पैसा रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ९७ पैसा रहेको छ भने बिक्री दर ८८ रुपैयाँ ३७ पैसा रहेको छ ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २७ पैसा रहेको छ भने बिक्री दर २८ रुपैयाँ ३९ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५९ पैसा र बिक्री दर ३६ रुपैयाँ ७५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
