काठमाडौँ । नेप्से परिसूचकले निरन्तर तेस्रो कारोबार दिन बढेर बन्द भएको छ। गत सोमबारदेखि बढ्न थालेको सेयर कारोबार मापक नेप्से परिसूचक लगातार तेस्रो दिन (आज) पनि सोही क्रममा बढेको छ । बुधबार नेप्से परिसूचक ६ दशमलब ३७ अंक बढेर २ हजार १ सय २१ रुपैयाँ ६२ पैसा विन्दुमा पुगेको छ ।
त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.६७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.५२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६० अंक बढेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य बढेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ५ अर्ब ५५ करोडको शेयर कारोबार भएको बजारमा यस दिन ३१२ स्टकको ७४ हजार ८५८ पटकको कारोबारमा ५ अर्ब ८९ करोड ४० लाख रुपैयाँ बराबरको १ करोड २९ लाख कित्ता शेयर खरिदबिक्री भएको छ ।
१३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.०७ प्रशित बढेको छ। अरु बढेका उपसमूहहरुको वृद्धिदर भने यस दिन १ प्रतिशतभन्दा कम रहेको छ। यस दिन होटल तथा पर्यटन, जलविद्युत, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक घटेको हो।
हिजो नेप्से परिसूचक ३३.१५ अंकले बढेर २१ सय बिन्दुमाथि पुगेको थियो । हिजो शेयर बजार नेप्से परिसूचक २ हजार १ सय १५.२४ विन्दुमा उक्लिएको बन्द भएको थियो । जेठ १४ गते नेप्से परिसूचक २१ सय विन्दुमाथि रहेकोमा त्यसयता निरन्तर घट्दै गएको नेप्सेले पुन: सकारात्मक सर्किट लगाएको हो ।
सोमबार नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ८.९० अंकले बढेको थियो ।
