काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा छ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक लाख ४२ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ५०० रुपैयाँमा निर्धारण भएको जनाएको छ ।
आइतबार छापावाल सुन प्रतितोला रु एक लाख ४२ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य प्रति तोला रु २० रुपैयाँले घटेर तोलाको १८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।आइतबार भने चाँदी प्रतितोला रु एक हजार आठ सय २० मा कारोबार भएको थियो ।
