काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ६ सय रुपैयाँले बढेर १ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि बुधबार तेजाबी सुन १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो जुन आज तोलामा ६ सय रुपैयाँले नै बढ्दै १ लाख ४२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य तोलाको ३५ रुपैयाँले बढेर प्रतितोला १८४० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ८ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।
