चलचित्र विकास बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान गरिएको छ। भुवन केसीको कार्यकाल गत साता सकिएकाले चलचित्र विकास बोर्डको अध्यक्ष पदमा दरखास्त आह्वान गरिएको हो।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुधबार सूचना जारी गर्दै योग्यता पुगेका ३० देखि ६५ वर्षभित्रका इच्छुक व्यक्तिबाट आवेदन माग गरेको हो।
१५ दिनभित्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको संस्थान समन्वय शाखामा दरखास्त पेश गर्नुपर्नेछ।

