साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। पछिल्ला ६ कारोबार दिनदेखि घटिरहेको नेप्से, आज भने ३० दशमलव ५२ अङ्कले बढेर २ हजार ६ सय ४५ दशमलव २० विन्दुमा पुगेर बन्द भएको हो। पछिल्लो ६ कारोबार दिनमा नेप्से १२१.७७ अंक घटेको थियो।
आज सबै समूहको शेयर बढेकोमा फाइनान्स समूह ३.७५ प्रतिशतले बढेर २ हजार ५४६.११ विन्दुमा पुगेको छ । सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.४९ प्रतिशतले बढेर १९.०१ विन्दुमा पुगेको छ ।
त्यस्तै, वाणिज्य बैंक समूह ०.९२ प्रतिशतले, विकास बैंक समूह ०.७८ प्रतिशतले, होटल तथा पर्यटन समूह १.१६ प्रतिशतले, हाइड्रोपावर १ प्रतिशतले, लगानी ०.९५ प्रतिशतले, जीवन बीमा १.६४ प्रतिशतले, उत्पादन तथा प्रशोधन ०.८० प्रतिशतले, लघुवित्त ०.९० प्रतिशतले, निर्जीवन बीमा ०.६१ प्रतिशतले, अन्य समूह १.९१ प्रतिशतले र ट्रेडिङ समूह १.५५ प्रतिशतले बढेको छ ।
आज गार्डियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । समग्रमा बजार बढेको दिन अपर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयर भने झन्डै ५ प्रतिशतले घटेको छ ।
नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ । हिजो ६ अर्ब ३२ करोडको कारोबार भएकोमा आज ३ सय २६ वटा कम्पनीका ९७ लाख ३९ हजार कित्ता शेयर ४ अर्ब ४८ करोड रुपैयाँमा किनबेच भएको छ ।
