नेपाली बजारमा सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाएको छ। शुक्रबार आज सुनको मूल्य प्रतितोला एक हजार ४०० रुपैयाँले बढेको छ भने चाँदी तोलामा ३० रुपैयाँले बढेको हो।
सुनको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेर तोलाको एक लाख ७६ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यसअघि यही चैत्र ६ गते सुनको भाउ तोलाको एक लाख ७६ हजार रुपैयाँ पुगेको थियो। हिजो सुनको भाउ तोलाको एक लाख ७४ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ। चाँदीको भाउ २० रुपैयाँले बढेर ताेलाकाे दुई हजार ४० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ। हिजो चाँदीको भाउ तोलाको दुई हजार २० रुपैयाँ थियो।
