इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) र गुजरात टाइटन्स खेल्दैछन्। एम चेन्नास्वामी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार बेलुका ७:४५ बजे सुरु हुनेछ।
बेंगलुरुले प्रतियोगिताको पहिलो खेलमा कोलकातालाई उसकै घरेलु मैदानमा पराजित गरेको थियो। दोस्रो खेलमा चेन्नईलाई १७ वर्ष पछि उसको घरेलु मैदान चेपकमा पराजित गरेको थियो। बेंगलुरु ४ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ।
यस्तै गुजरातले दुई खेलमा एउटा जीत र अर्कोमा हार बेहोरेको छ। गुजरात पहिलो खेलमा पञ्जाब किङ्ग्ससँग पराजित हुँदा दोस्रो खेलमा मुम्बई इण्डियन्सलाई हराएको थियो। गुजरात २ अङ्कका साथ तालिकाको चौथो स्थानमा छ।
