माछापुच्छ्रे बैंक लाभांश घोषणा गरेकाे छ। आज बसेकाे संचालक समिति बैठकले गत आर्थिक वर्ष २०८१/८२ को खुद नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ८ प्रतिशत लाभांश करसहित दिने प्रस्ताव गरेकाे छ।
नेपाल राष्ट्र बैंकको स्वीकृती र आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात बैंकले सेयरधनीलाई ४ प्रतिशत नगद र ४ प्रतिशत बोनस सेयर गरी जम्मा ८ प्रतिशत लाभांश दिने छ।
माछापुच्छ्रे बैंक गत आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बनेको छ।
