हिजो घटेको सुनचाँदीको भाउ आज पुन बढेर कीर्तिमान कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा छापावाल सुनको मूल्य तीन हजार एक सय रुपैयाँ बढ्दै तोलामा २ लाख १४ हजार ७०० रुपैयाँ पुगेको हो।

यसअघि सोमबार छापावाल सुनको मूल्य तोलामा २ लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा २ हजार ४७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा २ हजार ५१५ रुपैयाँ कायम भएको हो।