तीनकुनेमा झुण्डिएको अवस्थामा दुई जनाको शव फेला परेको छ। प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी हरि खतिवडाका अनुसार एउटै पासोमा झुण्डिएको अवस्थामा दुई जनाको शव भेटिएको हो।

अन्दाजी ३०–३५ वर्षका महिला र पुरुषको शव भेटिएको छ। अहिले घटनास्थल गएर मुचुल्का गर्ने काम भइरहेको प्रहरीले बताएको छ। उनीहरुको परिचय खुल्न बाँकी नै रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *