नेपाल प्रहरीका हवल्दारसहित १५ जना प्रहरी कर्मचारीलाई सम्पर्कमा आउन सूचना जारी गरेको छ।

प्रहरी प्रधान कार्यालय नक्सालले एक सूचना निकालेर दुई महिनाभन्दा बढी समयदेखि आफूखुशी गैरहाजिर रहेका उनीहरूलाई स्पष्टीकरणसहित सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको हो। गैर हाजिर हुनेमा दुई जना हबलदार, दुईजना सहायक हबलदार, एक जना कार्यालय सहयोगी र बाँकी सबै प्रहरी जवान छन्।

उनीहरूलाई गैर हाजिर हुनुको कारण खुल्ने सन्तोषजनक स्पष्टीकरणसहित सात दिनभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीहरूलाई प्रहरी नियमावलीको नियम १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाउने कार्यालयले जनाएको छ।

लामो समयदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा नआए सेवाबाट हटाइने सूचनामा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *