नेकपा एमालेले आज काठमाडौँमा वृहत जनप्रदर्शन र जनसभा गर्ने भएको छ। नेकपा एमाले बाग्मती प्रदेश कमिटीको आयोजनामा प्रदर्शनीमार्गमा कार्यक्रम हुन लागेको हो।

एमालेले यसलाई ‘शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा’ भनेको छ। एमालेका नेता, कार्यकर्ता, जनसंगठन, सम्पर्क समन्वय कमिटीका तर्फबाट निकालिने र्याली प्रदर्शनी मार्गमा जम्मा हुने बताइएको छ।

प्रदर्शनी मार्गबाट रत्नपार्क परिक्रमा गरेर भृकुटीमण्डपमा आमसभामा परिणत हुने बताइएको छ। जनसभामा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने एमालेले जनाएको छ।

एमालेले प्रतिनिधिसभा विघटन विरुद्ध र सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक तवरले बनेको भन्दै त्यसको विरोध गर्दै आएको छ। 

एमालेले पहिलो चरणमा गत कात्तिक २२ गते देशैभरका वडास्तरीय भेला गरेको थियो भने २५ गते अधिकांश पालिकाहरूमा जनप्रदर्शन र्‍याली  गरेको थियो। यसैगरी कात्तिक २९ गते जिल्लास्तरीय प्रदर्शन र सभा गरेको एमालेले आज काठमाडौँमा वृहत प्रदर्शन गर्न लागेको हो।

यस्तै, एमालेले मंसिर ५ गते शुक्रबार सिन्धुलीका पुष्पराज श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय ‘नेशनल भोलेन्टियर्स फोर्स’को घोषणा गरेको गरेको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *