नेपाली काँग्रेसले चुनाव भाग लिने निर्णय गरेको छ। आज सानेपामा बसेको काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकले आउँदो माघ ११ गते हुने राष्ट्रिय सभा चुनाव र फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा भाग लिने औपचारिक निर्णय गरेको हो ।
वर्तमान राजनीतिक संकटको निकास, संविधानको संरक्षण र जेन–जीले उठाएको मागलाई संस्थागत रुपमा चुनावबाटै सम्बोधन गर्न सकिने भएकाले चुनावमा जाने आजको बैठकले निर्णय गरेको हो।
दुबै चुनावका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय समेत आजको बैठकले गरेको छ। प्रतिनिधिसभा विघटन असंवैधानिक भएको बताउँदै आएको काँग्रेसले यो विषय सर्वोच्च अदालतले नै टुङ्गो लगाउने भन्दै काँग्रेस केन्द्रीय समितिले चुनावमा भाग लिने निर्णय गरेको हो।
महाधिवेशनबारे थप निर्णय गर्नको लागि बैठक फेरि ११ गते बस्ने केन्द्रीय सदस्य नैनसिंह महरले बताए।
