मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादव र तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। उनीहरूलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले शपथग्रहण गराएका हुन्।
शुक्रबार मधेशको मुख्यमन्त्रीमा नियुक्त नेपाली कांग्रेस संसदीय दलका नेता यादवले नेपाली कांग्रेसका जंगीलाल राय यादव र नेकपा एकीकृत समाजवादीका कनिश पटेलले विना विभागीय मन्त्रीका रूपमा र जनमत पार्टी संसदीय दलका नेता महेश प्रसाद यादवले अर्थमन्त्रीमा नियुक्त गरेका छन्।
मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही मङ्सिर २४ गते अर्थात् आउँदो बुधवार विश्वासको मत लिने तयारी गरेका छन् । सरकारलाई एमालेले पनि विश्वासको मत दिने बताएको छ। विश्वासकाे मत पाएपछि बाँकी मन्त्रालयको टुङ्गो लगाउने सरकारको तयारी छ।

