चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत महाराजगन्ज चिकित्सा क्याम्पसले उपप्राध्यापक माग गरेको छ। बिहीवार एक सूचना जारी गर्दै संस्थानले विभिन्न विषयका लागि करार सेवामा नियुक्त गर्नका लागि १६ जना उपप्राध्यापक माग गरेको हो।

कार्डियोलोजी, कार्डियोथोरासिक भास्कुलर एनेस्थेसियोलोजी, एनेस्थेसियोलोजी, अर्थोपेडिक्स, न्युरो सर्जरी, न्युरोलोजी एन्ड मिर्गौला प्रत्यारोपण लगायतका विभिन्न विषयका लागि उपप्राध्यापक पदमा आवेदन खुलाएको क्याम्पसले जनाएको छ। 

क्याम्पसका अनुसार इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको मितिदेखि २८ दिनभित्र आवेदन बुझाउन सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *