नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन कार्यतालिका संशोधन गरिएको छ।
केन्द्रीय निर्वाचन समितिले मनोनयन पत्र दर्तासम्मको प्रक्रिया पूरा भइसकेकाले बाँकी निर्वाचन प्रक्रिया अघि बढाउन संशोधित कार्यतालिका सार्वजनिक गरेको हो।
बुधबार साँझसम्म सर्वसम्मत नेतृत्व चयनका लागि छलफलमा जुटेपनि आकांक्षी धेरै हुँदा सहमति हुन नसकेकाले अब निर्वाचनबाट नयाँ नेतृत्वको टुंगो लाग्ने भएको छ।
सार्वजनिक कार्यतालिका अनुसार बुधबार राति उम्मेदवारको प्रथम नामावली प्रकाशन गरिनेछ। त्यसपछि उम्मेदवारीमाथि दाबी–विरोध, दाबी–विरोधको छानबिन तथा पुनः नामावली प्रकाशनको कार्यक्रम तय गरिएको छ।
बुधबार राति ११ बजेदेखि उम्मेदवारको मनोनयन दर्ता फिर्ता प्रक्रिया सुरु हुनेछ भने उम्मेदवारहरूको अन्तिम नामावली राति ११ बजेर ३५ मिनेटमा प्रकाशित गरिने संशोधित कार्यतालिकामा उल्लेख छ।
बिहीबार २ बजेदेखि ५ बजेसम्म निर्वाचन हुने समितिले जनाएको छ।
